इटहरी। गत चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ। 
प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईंलाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको पुष्टि गरे। तर उनलाई प्रहरीको विशेष ब्यूरोले भारतमा पुगेर नियन्त्रणमा लिएको जनाइएको छ।
उनका अनुसार प्रसाईँको साथबाट निजका बडीगार्ड दीपक खड्का पनि नियन्त्रणमा आएका छन्। 
आचार्यले भने, ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो। निजको साथबाट उनका बडीगार्ड दीपक खड्का पनि सँगै छन्।
Photo (6) 44