आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ।
बुधबार भएको तेस्रो खेलमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो। नेपालले १२.३ ओभरको खेलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। 
नेपालका लागि ओपनर साहिल पटेल ४२, कप्तान नरेन भट्ट ३९ र निरज यादवले २३ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६।२ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो।
नेपालका लागि युवराज खत्रीले ४ र विपिन शर्माले ३ विकेट लिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए। अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिवार अफगानिस्तानसँग खेल्ने छ।