पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा ४३ जना घाइते जना घाइते भएका छन्।

आज (बिहीबार) बिहान इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको यात्रुवाहक बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। 

दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको छ। उहाँका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घाइतेहरूको शरीरको विभिन्न भागमा चोट लागेको छ। यात्रुबहाक बसमा ५२ जना यात्रु सवार रहेका थिए। बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।