झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट बैशाख ०५ गते लागूऔषध ब्राउनसुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। 

झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले कचनकवल गाँउपालिका-६ बनियानि चोक स्थितमा BR37 AE  6451 नम्बरको मोटरसाइकल चालक कचनकवल-५ का २८ वर्षीय कासिम मियालाई लागूऔषध ब्राउनसुगर ४४ ग्राम ८ सय २० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो।

WhatsApp Image 2025-04-18 at 16.26.34_6a4b436aयसैगरी, लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका९६ स्थितबाट मे ९ प ३४३६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आईरहेका पाँचथरको कुम्मायक गाउँपालिका-३ का २८ वर्षीय अइन्द्र विक्रम खड्कालाई २७ ग्राम १ सय ३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने झापाको इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले झापाको झापा गाउँपालिका-४ टाघनडुब्बा स्थितबाट शिवसताक्षी नगरपालिका-५ का २७ वर्षीय पञ्चम ताजपुरिया र २६ वर्षीय अर्जुन हजामलाई १ ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो।

WhatsApp Image 2025-04-18 at 16.26.33_b885b8f1यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले सुनसरीको ईनरुवा नगरपालिका-२ का २६ वर्षीय सुदिप न्यौपाने र २५ वर्षीय नविन अलीलाई २ ग्राम २८ मिलिग्राम, कोशी गाउँपालिका-२ का एक बालकलाई  २ ग्राम लागूऔषध ब्राउनसुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट सोही स्थानमा २४ वर्षीय आशिष कुमार सरदार र ३० वर्षीय कृष्ण चौधरीलाई १ ग्राम ५० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गर्न सफल भएको हो।

490986785_528270070345158_6160288924610946004_n-removebg-previewयसका साथै मोरङको बिराटनगर महानगरपालिका-१५ स्थीत एक नम्बर ढाँटमा DOG Sniffing को चेकिङ टोलिले सुनसरीको धरान उप-महानगरपालिका-१४ का ३९ वर्षीय रमेश परीयारलाई ब्राउनसुगर ५ ग्राम ७४० मिलिग्राम सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान गरीरहेको छ। 

लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका सबैजनाको कानूनी प्रकृया भईरहेको छ।