धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोल चोकमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।
पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान ६ बजे पूर्वतर्फ गइरहेको प्र.०२.०३.००१ख ०७१५ नम्बरको ट्रक विपरीत दिशाबाट आइरहेको ना६ख ३४६३ नम्बरको ट्रकसँग ठोक्किएको हो।
ट्रक ठोक्किनासाथ ना ६ ख ३४६३ नम्बरको ट्रकमा आगो लागेको छ भने दुवै ट्रकका चालक र सहचालक घाइते भएका छन्। घाइते चालक र सहचालकलाई उपचारका लागि जनकपुरधाम लगिएको धनुषा प्रहरीले जानकारी दिएको छ।
आगलागी हुँदा ट्रक पूर्णरुपमा जलेको छ। अहिले धनुषा प्रहरी र वारुण यन्त्रको प्रयोग गरी आगो निभाउने काम जारी रहेको धनुषा प्रहरीले जनाएको छ।