नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो।
मङ्गलवार तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८८ हजार १ सयमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। तोलामा आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।