नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मङ्गलबार) छापावाल सुन प्रतितोला ५ हजार ३ सयले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार सुन तोलाको एक लाख ८४ हजार ६०० मा कारोबार भएको थियो।
आज चाँदी मूल्य पनि बढेको छ। सोमबार १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १ हजार ९ सय ६५ रुपैया कायम भएको महासंघले जनाएको छ।