बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो।
गत चैत २१ गतेको निर्णय अनुसार आज सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरसहित १३ जिल्ला रहेका छन्।