नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ६ सयले बढेको हो।
बुधवार तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुन आज एक लाख ९२ हजार २ सय कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।