ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना भएको बताएका छन्। 

ललितपुर महानगरपालिकाले निर्माण गरेको शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि नपर्ने बताएका हुन्।

उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना हुन्। सत्यमोहन जोशी ललितपुर महानगरपालिकामा जन्मिनु हाम्रो लागि सौभाग्य हो। ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि पर्दैन। सत्यमोहन जोशीको नाममा कुनैपनि काम कुरो गर्दा हामी सदा सर्वदा तयार छौं। यसमा घरपरिवारको पनि सहयोग चाहिन्छ। घरपरिवारको सहयोग बिना कुनैपनि काम गर्न हामी सक्दैनौं।’ 

साथै उनले ललितपुर महानगरपालिकाले मुलुकमै पहिलो हुने गरि धेरै कार्यहरु गर्दै आइरहेको बताए। 

उनले भने, ‘ललितपुर महानगरपालिका धेरै कुरामा अग्रसर भएर मुलुकमै पहिलो हुने धेरै कार्यहरु गर्दै आइरहेको छ। ललितपुर महानगरपलिका सत्यमोहन जोशीको जिवित अवस्थामै उहाँको १० रुपैयाँको हुलाक टिकट निकाल्नमा समेत सफल भयो। तर ललितपुर महानगरपालिकाको एउटा नागरिक भएको नाताले हामी ललितपुर महानगरपालिका ज्याँदै नै खुसी छौँ। भगवानले नै उहाँलाई ललितपुर महानगरपालिकामा जन्म गराइदिनुभएको हो की जस्तो लाग्छ। ’