दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। 

केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले ‘के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो।

युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्।

सेन्सर बोर्डमा चलचित्र प्रदर्शन गरिएको बेला अधिकांश सदस्यहरू भावुक बनेको देखिएको थियो। चलचित्रका केही मार्मिक दृश्यहरूले मन छोएको प्रतिक्रिया दिँदै उनीहरूले धेरै समयपछि मौलिक र गहिरो नेपाली सिनेमा हेर्न पाएको अनुभव सुनाए। केही सदस्यको आँखामा आँसुसमेत देखिएको थियो।

‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि रिलिज हुँदैछ। चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। सिनेमाले घर र डेराको कथा भन्नेछ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।

कृष्णबहादुर थापाको सिनेमामा छायाङ्कन रहेको छ। ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।

k ghar k dera ghar no 2 censor