सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका(७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन्।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज बिहान पौने ६ बजेटिर उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको हो।
महराको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पुरीले बताए।
यसअघि प्रहरीले मृतक चालक भएको बताए पनि उनी स्थानीय व्यक्ति भएको खुलेको हो।