सङ्खुवासभाको चैनपुर नगरपालिका-८ मानेडाँडास्थित चट्याङले लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
वैशाख ३१ गते साँझ छिमेकीको घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङले लागेर घाइते भएकी ४२ वर्षीया कल्पना तामाङ, ३१ वर्षीया निर्मला तामाङ, १५ वर्षीय प्रतिक तामाङ र १९ वर्षीय रिजन तामाङलाई उपचारार्थ स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा डाक्टरले चेक जाँचको क्रममा निर्मला तामाङलाई मृत घोषणा गरेको हो।
घाइते भएका ३ जनालाई थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ।