जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले कीर्ते गरी नक्कली कागजात बनाउने प्रतिवादी पक्राउ गरेको बताएका छन्।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले जिल्ला काठमाडौँ तारकेश्वर नगरपालिका वडा नं. ७ फुटुङ् स्थितमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली बनाउने गरेको आरोपमा तीन जना प्रतिवादी पक्राउ गरेको बताएका हुन्।
पक्राउ पर्ने मध्ये गोरखा भिमसेनथापा गाउँपालिका वडा नं. १ मसेल घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका वडा नं. २ देवीचोक बस्ने वर्ष ४६ को अन्जनी बयलकोटीसहित तीन जनालाई जिल्ला काठमाडौँ तारकेश्वर नगरपालिका वडा नं. ७ फुटुङ्बाट पक्राउ गरिएको हो।
अधिकारी आचार्यले विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजात तथा उक्त कार्यसँग सम्बन्धित सामाग्रीसहित पक्राउ गरी थप अनुसन्धान एवम् आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको बताए।