मोरङको उर्लाबारी नगरपालिका-३ स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
जेष्ठ २ गते राती साढे ८ बजे पूर्व पश्चिम लोकमार्गमा उर्लाबारीबाट पथरी तर्फ आउँदै गरेको ग.६ प ५०२६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना.५ ख २१८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका-९ का ३६ वर्षीय मन कुमार लिम्बु गम्भीर घाइते भई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
ठक्कर दिने ट्याक्टर चालक बारा जितपुरसिमरा उप-महानगरपालिका-२२ का २९ वर्षीय अशोक ठोकरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।