नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ।
मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा भइरहेको खेलमा नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले टस जितेका हुन्। योसँगै उनले बलिङ रोजेका छन्। 
समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल खेल खेलिरहेको छ। 
समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो।
दोस्रो सेमिफाइनल पनि आजै हङकङ र सिंगापुर भिड्दै छन्। हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो।
प्रतियोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ।