चितवनमा रातको समयमा खोलामा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–८ का २६र२७ वर्षीय अभिषेक माझी छन्।
अभिषेक र सोही ठाउँका ४०/४५ वर्षीय राजकुमार माझी चितवनको सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा बिहीबार राति माछा मार्न गएका थिए। माछा मार्दै गर्दा अभिषेकलाई गोहीले तानेर खोलामा लगेको थियो।
राति १ बजेर २० मिनेटतिर घटना भएको स्थानभन्दा २०० मिटर उत्तरतर्फ अभिषेकको शव फेला परेको चितवन प्रहरीले जनाएको छ।