मोरङको कटहरी गाउँपालिका-३ कटहरी चोकबाट ३ हजार १ सय ५० किलोग्राम लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ।

प्रहरीले शनिबार राति को.१ ख ४५१८ नम्बरको ट्रकमा लोड गरेको अवस्थामा १ सय ५ वटा बोरामा रहेको गाँजा बरामद गरेको जनाएको छ।

फरार रहेका ट्रक चालकको खोजी भइरहेको प्रहरी चौकी कटहरीले जनाएको छ।