नेपाली बजारमा आज (मङ्गलवार) सुनको मूल्य स्थिर छ। चाँदीको भाउ भने रु ४० ले घटेको छ।
सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलवार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको भाउ भने घटेको छ। चाँदी प्रतितोला दुई हजार दुई सय ७५ रुपैयाँ कायम भएको छ। चाँदी सोमबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो।