अरनिको राजमार्ग अन्तर्गत रहेको भक्तपुरको राधे राधे र थिमी चारदोबाटोको ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ। मध्यपुरथिमि नगरपालिकास्थित राधे राधे र चार दोबाटोमा ट्राफिक लाइट आज (बुधवार) देखि सञ्चालनमा ल्याइएको हो। 
यात्रुको चापका कारण अस्तव्यस्त भएको सडकमा ट्राफिक लाइट जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।