नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन नेप्से परिसूचक ७५.८४ अङ्कले बढेर १६ अर्बभन्दा बढीको कारोबार भएको छ।
आज नेप्से परिसूचक २८७०.६३ अङ्कमा पुगेर रोकिएको हो । यस अघि गत आवको अन्तिम दिन नेप्से परिसूचक २७९४.७८ अङ्कमा पुगेर रोकिएको थियो।
यस दिन कुल ३११ स्टकको १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँ बराबरको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको थियो।
आज सेन्सेटिभ इन्डेकस ११.२२ अङ्कले बढेको छ। फ्लोट इण्डेक्स ५.०६ अङ्कले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७९ अङ्कले बढेको छ।
यस दिन ट्रेड टावर लिमिटेड, शुभम् पावर लिमिटेड, थ्रि स्टार हाइड्रोपावर, स्र्टन हाइड्रोपावर र वाराही हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यससँगै ट्रेड टावर कम्पनीको मूल्य ३६.६० रुपैयाँले बढेर ४०२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
शुभम् पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८३.१४ रुपैयाँले वृद्धि भएर ९१५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य पनि प्रतिकित्ता ७३.१० रुपैयाँले बढेर ८०४.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
त्यसैगरी, स्र्टन हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ५७.११ रुपैयाँले बढेर ६३३.७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र वाराही हाइड्रोपावरको शेयर मूल्य पनि ६९.२९ रुपैयाँले बढेर ८३८.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस दिन एनआईबीएल स्टेबल फण्डको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ०.७५ रुपैयाँले घटेर ९.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसैगरी, एनआइसी एशिया फिलीक्स क्यापिटल फण्डको शेयर मूल्य ०.६३ रुपैयाँले घटेर ९.५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो पावर, राधी जलविद्युत र नाग्दी ग्रुप पावर लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।