मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्नेमा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा सोही ठाउँका ४१ वर्षीय अमित लिम्बू रहेका छन्। स्थानीयका अनुसार बिहानको समयमा पैदल यात्राका क्रममा जङ्गलतर्फ गएका लिम्बूलाई अचानक जंगली हात्तीले आक्रमण गरेको थियो।

हात्तीले आक्रमणबाट गम्भीर घाइते अवस्थामा रहेका लिम्बूलाई तत्काल उद्धार गरी बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।

यहि सातामात्र जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। जंगली हात्तीको आक्रमण बढ्दै गइरहेकाले स्थानीयवासीमा त्रास फैलिएको छ। 

वन कार्यालय तथा सम्बन्धित निकायले आवश्यक सुरक्षाका उपाय तत्काल अपनाउन स्थानीयले माग गरेका छन्।