मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा शनिबार बिहान जंगली हात्तीको आक्रमणमा लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानको गेट भत्किनुका साथै आसपासका भौतिक संरचनामा समेत क्षति पुगेको छ।
यसअघि पनि बेलबारी क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट जनधनको क्षति भइसकेको छ। केही दिनअघि बेलबारी–८ बलुवाहीमा हात्तीको आक्रमणबाट ४९ वर्षीया अनिमा (किस्मत) राजवंशीको मृत्यु भएको थियो। त्यसैगरी, बेलबारी–१० भाउन्नेमा ४१ वर्षीय अमित लिम्बू गम्भीर घाइते भएका थिए, जसको उपचार नोबेल मेडिकल कलेजमा भइरहेको छ।
लगातार भइरहेको हात्ती आक्रमणका घटनाले वन क्षेत्र नजिकका बासिन्दा भयभीत बनेका छन्।