नेकपा एमालेको केन्द्रीय कमिटी बैठकअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन्।
उनीहरूबीच आज दिउँसो ३ बजे च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा भेटवार्ता हुने पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए।
पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि ओली र भण्डारीबीच पहिलो पटक भेटवार्ता हुन लागेको हो।