लगातारको वर्षासँगै आएको बाढीका कारण पूर्वी नेपालका मुख्य राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (सोमबार) दिएको अद्यावधिक विवरणअनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, पाँचथर जिल्लाको फिदिम नगरपालिका–५ र हिलिहाङ गाउँपालिका–७ को संगमस्थल हेवाखोलामा आएको बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। सवारीसाधनको आवागमन ठप्प भएको जनाइएको छ।

पाँचथरकै तुम्वेवा गाउँपालिका–२ मा बाढीका कारण तमोर कोरिडोर पनि बन्द भएको प्रहरीले जानकारी दिएको छ।