सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा जडान गरिएको ट्रान्सर्फमर चोरी भएको छ। खेतमा सिचाईंका लागि जडान गरिएको ट्रान्सफर्मर गएराति चोरी भएको हो।

मध्यहर्षाहीमा डिप बोरिङका लागि ट्रान्सफर्मर जडान गरिएको थियो। किसानले लोभोल्टेजमा समस्या भएको बताएपछि प्राधिकरणले ट्रान्सफर्मर जडान गरिदिएको थियो।

यो घटना केही दिनअघि देवानगञ्ज क्षेत्रमा अवस्थित बिजुलीको पोलबाट ट्रान्सफर चोरी भएको घटनासँग मेल खाएको प्राधिकरणको देवागञ्ज शाखाले जनाएको छ। पहिले चोरीमा संलग्न भएकाहरूले नै फेरि चोरी गरेको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ। 

ट्रान्सफर्मर बारम्बार चोरी हुँदा प्राधिकरणलाई समेत व्यवस्थापन गर्न समस्या हुन थालेको छ। विशेष गरी कोसी प्रदेशका सुनसरी, झापा र मोरङका भित्री तथा ग्रामीण क्षेत्रमा चोरीका घटना बढेका छन् ।