खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर प्रमुख तीर्थराज भट्टराईले सत्याग्रह सुरु गरेका छन्। सरकारले वेवास्ता गरेको भन्दै उनले आइतबारदेखि सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका हुन्।
सिंहदरबारको दक्षिण गेट अगाडि कपाल मुन्डन गरि बाँसका मुडा बोकेर उनले सत्याग्रह सुरु गर्न लागेका थिए। तर निषेधित क्षेत्र भएकाले प्रहरीले उनलाई सुरक्षाकासाथ माइतीरघरमा लगेर छाडेको छ। उनले त्यही सत्याग्रह सुरु गरेका हुन्।
उनले आजदेखि तीन दिन भोक हड्तालमा बस्ने समेत घोषणा गरे। आफ्ना सात बँदे माग अगाडि सार्दै माग पूरा नभए साउन १४ गतेदेखि अनिश्चितकालिन आमरण अनसन बस्ने समेत जानकारी दिए।
उनले भने,‘आजदेखि तीन दिन भोक हड्तालमा बस्दै छु। सात बुँदे माग अघि सारेको छु। यदी माग पूरा भएन भने नभए साउन १४ गतेदेखि अनिश्चितकालीन आमरण अनसन बस्नेछु।’
उनले संघीय सरकारसँग केवल नीति निर्माण बनाई गाउँघरमा मूल्यविहीन बनेका बाँस, काठ, गाँजा, लोकल रक्सी, राडिपाखी आदि स्थानीय उत्पादित सामग्रीलाई सरकारी रूपमा प्रयोग गर्न मिल्नेगरी कानून बनाउने, भवन बनाउन सकिनेगरी सरकारी नम्स् एवं विल्डिङ कोडमा समावेश गरी कानूनी रुपमा प्रयोग गर्ने वातावरण बनाइदिन आग्रह गरे।