झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट पुस ०५ गते लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले इटहरी-६ स्थितमा चेकजाँचको क्रममा प्रदेश १-०२-०४८ प ४४७८ नम्बरको मोटरसाइकलमा सवार कोशी गाउँपालिका-८ का २० वर्षीय मो.जईसुल र बराहक्षेत्र-५ का ३५ वर्षीय अनिल कार्कीलाई ब्राउन सुगर ५५ ग्राम १६ मिलिग्राम र नगद १ लाख ६५ हजार सहित नियन्त्रणमा लिएको हो।
यसैगरी, वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर-५ बाट इलाम नगरपालिका-१२ का अनिल प्रधानलाई २ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर सहित र झापा कचनकवल-६ का दिल कुमार राजवंशीलाई २ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो।
चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी विराट चोकले सुन्दरहरैँचा-१० का नरेश उराउलाई २ ग्राम ८१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-६ स्थितमा बेवारिसे अवस्थामा रहेको २० किलोग्राम गाँजा बरामद गरेको छ।




















