मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि परेको छ। विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन्। 

सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट त्यहाँ हुने उडान रद्द गरिएका छन्।

उडान रद्दका कारण यात्रुहरू शनिबारदेखि नै अलपत्र परेका छन्। आइतबार बिहान पनि यात्रुहरू अन्योलमा यताउता गरिरहेका देखिन्थे। विमानस्थलमा अनेक सूचना टाँसिएका छन्।