राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव हार्दैमा राजनीतिक दलको भविष्य नसकिने बताएका छन्। राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्न उनले चेतावनी पनि दिएका छन्।
“राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। मजस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त, चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन,” उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्।
उनले आफूहरू पार्टीको मुद्दाबाट पछाडि नफर्किएको स्पष्ट पारेका छन्। राप्रपा राजसंस्था, हिन्दुराष्ट्र अंगीकार र प्रदेश संरचना खारेजीका पक्षमा छ।




















