अल्जेरियालाई हराउँदै स्विटजरल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।

शुक्रबार बिहान अल्जेरियालाई २–० गोलले हराउँदै स्विटजरल्याण्डले प्रि–क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो। १० औं मिनेटमै ब्रील एम्बेलोले गोल गर्दै स्विटजरल्याण्डलाई अग्रता दिलाउन सफल भएका थिए।

त्यसपछि ४६ औं मिनेटमा ड्यान एनडोएले गोल गरे। उक्त गोल नै खेलमा निर्णायक साबित भयो। स्विटजरल्याण्डले अब कोलम्बिया र घानाबीच हुने अन्तिम ३२ चरणको खेलको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।