जनकपुरधाममा हिन्दुवादी अगुवाहरूले प्रदर्शन गरेका छन्। भारतको कश्मिरमा मङ्गलवार भएको आतङ्ककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दु अगुवाहरूले विरोध जनाएका छन्।
विरोध स्वरूप उनीहरूले जनकपुरधामको जानकी मन्दिर प्राङगनबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन्।
उनीहरूले आतङ्ककारी मुस्लिम भगाऊ देश बचाउ, जेहादी आतङ्कवादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दावाद लगायतका नारा लगाएका छन्। र्याली पश्चात् उनीहरूले इस्लामिक आतङ्कवादीको पुतलासमेत जलाएका छन्।
उनीहरूले हिन्दुहरूलाई एक जुट हुन आग्रह गरेका छन्। कश्मिरमा भएको घटनाले आतङ्कवादीको धर्म इस्लाम हो भन्ने प्रमाणित भएको उनीहरूको ठहर छ। उनीहरूले इस्लामिक आतङ्कवाद बन्द गर्नु पर्ने माग राखेका छन्।