आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो। 
यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ। महासङ्घको अनुसार शुक्रवार चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ। 
अघिल्लो दिन चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।