आज (शुक्रबार) बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो।
बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन। बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो।
सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्को बैठकमा प्रस्तुत हुनेछ।