नेकपा माओवादीका सांसद जनार्दन शर्माले शून्य समय सुनाएर उठाउनको लागि हो भने बन्द गर्नुपर्ने बताएका छन्। 
मङ्गलवार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले सदनमा उठेका प्रश्नहरूलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भीर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनको लागि माग गरेका छन्।
उनले भने, ‘संसदमा पटक पटक विषयहरू उठेका छन्, प्रश्नहरू उठेका छन्। नेता रमेश चौधरीलाई नक्कली पत्र बनाएर किन जेल राखियो र गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो, विश्वविद्यालयका भिसीहरू किन खाली भइरहेका छन्। स्वास्थ्य बिमा किन भुक्तानी गरिँदैन, मध्य पहाडी करिडोर भेरी नदी, मेगा पुल, हुलाकी मार्गका अलपत्र पुल निर्माण कहिले हुन्छन् भनेर प्रश्न जिज्ञासा संसदमा दैनिक हामीले राखी रहेका छौ। यी जनता, सुशासन र राष्ट्रसँग सम्बन्धित प्रश्न हुन् तर सरकार समाधान तिर त के जवाफ पनि दिन तयार छैन। यो गैरजिम्मेवारी किन शून्य समय सुनाएर उठाउनको लागि हो भने बन्द गरौँ होइन भने सरकारले गम्भीर भएर जवाफ दिनुपर्छ भनेर सभामुखसँग निर्देशनको लागि माग गर्छु।’