सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदरसालाई बस हस्तान्तरण गरिएको छ।
बुधवार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको गाउँपालिका– २ का वडाध्यक्ष आलम अन्सारीले जानकारी दिए। स्थानीयवासीले चन्दा सङ्कलन गरी खरिद बस विद्यालयलाई हस्तान्तरण गरिएको उनको भनाइ छ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले विद्यालयका प्रधानाध्यापक समिमअख्तर फलाहीलाई बसको साँचो हस्तान्तरण गरे।
विद्यालयमा सवारीसाधन नहुँदा टाढाबाट आउने बालबालिकालाई समस्या हुँदै आएकोमा अब केही राहत हुने विद्यालयका प्रधानाध्यापक फलाहीले बताए।