भोजपुर,धनकुटा, झापा,मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
वैशाख २४ गते सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितमा लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले ३० वर्षीय मिलन लिम्बुलाई प्रतिबन्धित औषधी Tramadol-३ हजार ९० क्याप्सुल, Dicyclomine-३ हजार ७० ट्याब्लेट र DIAZEPAM-३० एम्पुल सहित पक्राउ गरेको छ। त्यसैगरी, मोरङ विराटनगर-१५ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा मोरङ कानेपोखरी-४ का १९ वर्षीय हेमराज विश्वकर्मा, १८ वर्षीय सुदिप विश्वकर्मा र सुनसरी इटहरी-४ का १९ वर्षीय एलेक्स सुबेदीलाई ब्राउन सुगर ३ ग्राम १ मिलिग्राम र प्रहरी चौकी गछियाले सुन्दरहरैचा-३ का २७ वर्षीय गोवर्धन गुरुङ,२६ वर्षीय गुलाब चौधरी, २५ वर्षीय शक्ति राई, २० वर्षीय विशाल उराउलाई प्रतिबन्धित औषधी ट्रमाडोल-१ हजार ३ सय ३० ट्याब्लेट र ब्राउन सुगर १ ग्राम १८ मिलिग्राम सहित पक्राउ गरेको छ।
त्यसैगरी, झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी-८ का वर्ष २७ को सुनिल लिम्बुलाई औषधी TRAMADOL-१ सय ५० क्याप्सुल सहित र प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा-८ का ३२ अर्जुन राजवंशीलाई ब्राउन सुगर ४ ग्राम ४ मिलिग्राम र औषधी ९ एम्पुल सहित पक्राउ गरेको छ। सोही दिन धनकुटा छथरजोरपाटी गाउँपालिका-६ स्थितमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही स्थानका २४ वर्षीय दर्पण गुरुङ र ३१ वर्षीय सुदिल लिम्बुलाई ब्राउन सुगर २ सय १० मिलिग्राम र निषेधित औषधी-८ क्याप्सुल सहित पक्राउ गरेको छ, भने प्रहरी चौकी हसनपुर भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर हतुवागढी गाउँपालिका-९ स्थितबाट ब्राउन सुगर ७ सय ५० मिलिग्राम बरामद गरेको छ।