नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले होटल क्षेत्रमा काम गर्ने श्रमिकहरूको सेवा शुल्क कानुन बनाएर पुनः लागू गराउन माग गरेकी छिन्। 
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सेवा शुल्क खारेजी पनि दक्ष जनशक्तिहरू पलायन हुने अवस्थामा रहेको भन्दै चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गरेकी हुन्। 
उनले भनिन्,‘सर्वोच्च अदालतले होटल क्षेत्रमा काम गर्ने श्रमिकहरुले खाँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गरेर कानुन बनाए मात्रै त्यो खाऊ भनेर आदेश गरेको छ। जसका कारण अहिले देशमा दक्ष जनशक्तिहरू पलायन हुने अवस्थामा छन्। त्यसैले म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु। जुन सेवा सुविधा श्रमिकहरुले पाइरहेको थियो त्यो चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गर्न चाहन्छु।’