ट्रकको ठक्करबाट झापाको दमकमा गएराति स्कुटर चालकको मृत्यु भएको छ। एकजना घाइते छन्।

ताप्लेजुङको दोभानका २२ वर्षीय अंकित लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ की ४२ वर्षीया सिर्जना राई घाइते भएको र उनको अवस्था पनि गम्भीर रहेको प्रहरी जनाएको छ।

झापा प्रहरी प्रमुख एवं एसपी राजन लिम्बूका अनुसार, उनीहरू कामबाट कोठातर्फ फर्कंदै गर्दा ट्रकले ठक्कर दिएको थियो। दमक नगरपालिका–१ स्थित रवि स्टेन्डको गेटमा ग१ख ६४३७ नम्बरको ट्रकले मे८प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दमक अस्पतालमा घाइतेको सामान्य उपचार गरिएको थियो। बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा थप उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक फरार छन्। ट्रक र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ।