राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले बागलुङ क्षेत्र नं १ को काली गण्डकीमा अवैध रूपमा बालुवा झिक्ने काम भइरहेको भन्दै तत्काल रोक लगाउन सरकारसँग माग गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गिटी उत्खनन् नरोके काली गण्डकीको करिडोरको बाटो समेत भासिने सम्भावना रहेको भन्दै तत्काल रोक लगाउन माग गरे।
उनले भने,‘बागलुङ क्षेत्र नं १ को काली गण्डकीमा बालुवा झिक्ने काम भइरहेको छ। यसभन्दा पहिले पनि मैँले कुरा उठाएको थिए। जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकिरहेका छन्। सरकार रमिता हेरिरहेको छ। बालुवा र गिट्टी उत्खनन् नरोके कालीगण्डगीको करिडोरको बाटो समेत भासिने सम्भावना छ। त्यसैले कडाइपूर्वक सरकारले रोकोस्।’
त्यस्तै उनले सर्वोच्च अदालते नझिक्नु भनेर आदेश गरिसक्दा पनि जनप्रतिनिधि र कर्मचारीले मिलेर लुटपाट गरिहरेको बताए।