स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बागमती नदीको हुलाकी राजमार्ग अन्तर्गतको दुई वटा पुल अझै निर्माण हुन नसकेको भन्दै आपत्ति जनाएका छन्। 
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिलान्यास गरेको पुल सरकारको ध्यान नपुग्दा अझै निर्माणमा १०–१५ वर्ष लाग्ने देखिएको बताए। 
उनले भने,‘बागमती नदीको दुई वटा पुल झण्डै १५–१६ वर्षमा पनि बन्न सकेको छैन। २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिलान्यास गरेको हुलाकी राजमार्ग अन्तर्गतको पुल अहिलेसम्म बनेको छैन। अझै १० –१५ वर्ष लाग्ने देखिन्छ। सरकारको त्यसमा कुनै ध्यान छैन।’
त्यस्तै, उनले सरकारको पुलको टेन्डर गर्ने तर पूरा नगर्ने प्रवृत्ति रहेको पनि बताए।