झापामा खुकुरी प्रहारी गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। 

वैशाख २७ गते राती साढे ८ बजे झापाको कनकाई नगरपालिका-२ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले उनकै श्रीमती ३४ वर्षीया पुजा हेमरनलाई आपसी वाद विवादको क्रममा धारिलो हतियार खुकरीले घाँटी काटी हत्या गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले श्रीमानलाई नियन्त्रणमा लिएको छ भने उक्त लाश पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।