मुगुको मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने बहुमूल्य जडिबुटी सङ्कलनको मौसम सुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा सङ्कलक गर्नेहरुको भीड लागेको छ।
स्थानीय मुगमकामारोङ्ख गाँउपालिकाको पालिका स्तरीय निर्णय अनुसार हरेक वर्ष जेठ महिनाको १० गते भन्दा अगाडि पाटन प्रवेश गर्न अनुमति दिने व्यवस्था छ। तर अनुमति नलिई र शुल्क समेत नबुझाइ यार्सा टिप्नेहरुको भीड लागेको हो।
मुगुमकामाराङ्ख गाँउपालिका वडा नम्बर १ का कार्मा लामाका अनुसार प्रत्येक दिन दुई सय भन्दा बढी स्थानीय र जिल्ला बाहिरबाट यार्सा सङ्कलन गर्नेहरु रातारात जाने गरेको समेत बताएका छन्।
राता रात गरेर सङ्कलकहरु बन प्रबेश गरेको सुचना आएपछि पालिकामा सरोकारवाला, सुरक्षा निकाय र पालिकाको निर्णय गरेर बन क्षेत्रमा अवैध रुपमा प्रवेश गर्नेहरुलाई कडा जरिवाना र कारवाहीमा ल्याउने तयारी गरिएको छ।
विगतमा पहिले वन प्रवेश रसिद काटेर जेठ १० गते पालिका भित्र रहेका सङ्कलन क्षेत्रमा अनुमति दिने गरिन्थ्यो तर यस वर्ष प्रवेशको समय अघि नै सङ्कलकहरुको भीड लागेको हो।
यार्सा सङ्कलकहरुबाछ गत बर्ष ७१ लाख राजश्व सङ्कलन भएको थियो। यस वर्ष विगतको भन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य लिइएको पालिका अध्यष छिरिङ लामाले बताए। विगतका वर्ष भन्दा पछिल्ला बर्षहरुमा यार्सागुम्बा निकै कम पाइने गरेको छ।