मोरङको बेलबारीमा आर्थिक रूपमा पछाडि परेका समुदायको जीवनस्तर उकास्न उद्देश्य राखी ‘एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड’को स्थापना गरिएको ३१ वर्ष पूरा भएको छ।

सहकारीकी अध्यक्ष मिनु राईका अनुसार, “स्थापना हुने समयमा बेलबारीका अधिकांश स्थानीय समुदाय निम्न वर्गका थिए, जसलाई वित्तीय सेवा र अवसरको खाँचो थियो। ती समुदायका लागि सहज ऋण, नियमित बचत र आर्थिक गतिविधिमा सहभागी हुने अवसर आवश्यक थियो। त्यसैले हामीले सहकारी स्थापना गरेका हौं।”

स्थापना यता संस्था स्थानीय स्तरमा आर्थिक समावेशिता र आत्मनिर्भरता बढाउने अभियानमा क्रियाशील रहँदै आएको छ। सहकारीमार्फत सदस्यहरूले साना व्यवसाय सञ्चालन, शिक्षा तथा स्वास्थ्यमा खर्च तथा आपतकालीन अवस्थामा आर्थिक सहयोग प्राप्त गर्दै आएका छन्।

वर्तमानमा एकता बचत तथा ऋण सहकारी संस्था स्थानीय समुदायको आवश्यकता अनुसार सेवा विस्तार गर्दै सक्रिय रूपमा अगाडि बढिरहेको छ।