‘बारपाक फोटो प्रदर्शनी २०२५’ आजबाट काठमाडौँको नेपाल पर्यटन बोर्डमा सुरु भएको छ।
बिहीबारबाट सुरु भएको फोटो प्रदर्शनी ‘१० वर्ष गोरखा भूकम्पको’ तस्बिरहरू राखिएको छ। प्रदर्शनी मे १५, १६ र १७ गरेर तीन दिन चल्छ। प्रदर्शनी प्रकाशचन्द्र तिमिल्सेनाले लिएका तस्बिरहरू राखिएका छ।
सोही क्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वैशाख १२ गतेसँग जोडिएको सबैको आफ्नै कथाहरू भएको भन्दै फोटोहरूले पुरानो कुराहरू याद दिलाएको बताए।
उनले भने, ‘यस्ता खालको कार्यक्रमको आयोजना गर्नु भएकोमा पर्यटन बोर्डलाई धन्यवाद दिन चाहन्छु। बारपाक भन्ने बित्तिकै सबैलाई केही न केही कुरा याद आउँछ। यस्तै, वैशाख १२ गतेसँग जोडिएको सबैको आफ्नै कथाहरू पनि छन्। प्रदर्शनमा रहेका फोटोहरूले पुरानो कुराहरू पनि याद दिलाउँछ। लामो कथाहरूलाई एउटा फोटोबाट पनि बुझाउन सकिन्छ।’
यसको साथै, उनले फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनालाई बधाई र शुभकामना पनि दिएका छन्।