कर्णाली राजमार्गको नाग्म–रारालिही सडक खण्डमा भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। तिला गाउँपालिका–१ गाडगुडेनीमा क१ज ३७ नम्बरको भ्यान दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका हुन्।

घाइते हुनेमा चालक २० वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका ६ महावैपाथर खोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीका अनुसार घाइते चालक नेपाली र अधिकारीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। भ्यान सडकदेखि दुई सय मिटर तल नदीमा खसेको छ।