संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ।
समितिमा बाँकी रहेका कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने सहमतिसँगै समितिबाट विधेयक पारित भएको हो।
जसअनुसार अब निजामती कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष हुनेछ।
उता, कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्ष राख्ने विषयमा पनि समितिमा सहमति जुटेको छ। निजामती सेवामा प्रवेश गर्ने उमेर पुरूषको ३५ वर्ष र महिलाको ३९ वर्ष राखिएको छ।