भारतको तेलंगानाको संगारेड्डी जिल्लामा रहेको सिगाची फार्मा उद्योगमा भएको रियाक्टर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ। विस्फोट स्थलमा उद्धार कार्य जारी छ। धेरै जनाको पहिचान खुल्न बाँकी छ।
अधिकारीहरूका अनुसार सोमबार तेलंगानाको संगारेड्डी जिल्लाको पासमैलाराम फेज १ क्षेत्रमा रहेको एक रासायनिक कारखानामा भएको विस्फोटपछि आगलागी भएको थियो। सो क्रममा एक दर्जनभन्दा बढी कामदार घाइते भएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त विस्फोटमा भएको ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँको राहत घोषणा गरेका छन्।
बिहान करिब ९ः४८ बजे सिगाची फार्मा कम्पनीको सुकाउने युनिटमा विस्फोट भएको थियो। विस्फोटबाट आगलागी भएको थियो। औद्योगिक विज्ञहरूका अनुसार, माइक्रोक्रिस्टलाइन सेल्युलोजको हावा ह्यान्डलिङ / सुकाउने क्रममा घटना भएको थियो। भग्नावशेषमुनि कति जना थिए भन्ने खुलिसकेको छैन।