नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को धनुषा जिल्ला अध्यक्षमा राजकुमार यादव सर्वसम्मत चयन भएका छन्।
बुधवार अवेर रातिसम्म चलेको जिल्ला अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा राजकुमार यादवसहित ६९ सदस्यीय धनुषा जिल्ला कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा शोभित महतो र सूर्य पुडासैनी, सचिवमा रामनारायण साह, उपसचिवमा बबी कुमारी महतो र सुनिल कुमार मण्डल चयन भएका छन् भने एक जना उपसचिव पद खाली राखिएको छ।
त्यसैगरि सदस्यहरूमा उमेश मण्डल, मन्तोरिया देवी दास, सुरेन्द्र प्रसाद ठाकुर, प्रशान्त अरविन्द, राम ललित मण्डल, शिलाकुमारी मण्डल, किरण कुमारी मण्डल, मरियम राइन, विनोद पासवान, दाउद नदाफ , धनिराम ठाकुर, चयन भएका छन्।
अन्य सदस्यहरूमा रामबाबु रविदास, सुरत लाल यादव, योगेन्द्र महतो।, विजयकुमार यादव, महेश कुमार साह, उर्मिला देवी यादव, सर्वजित पासवान, रामकुमार महतो, हिरा देवी महतो, लालबहादुर थापा, जीत बहादुर लामा, कविता कुमारी सिन्हा, गीताकुमारी दाहाल शर्मिला सुनुवार चयन भएका छन्।
सदस्यहरूमा प्रदीपकुमार बुढाथोकी, कोशिला देवी महतो, मुनी देवी झा, धर्म शिला देवी यादव, दुरोकुमारी यादव, मधुकुमारी साह, बद्री यादव, नागेन्द्र प्रसाद साह, रामदेव साह तेली, विश्वेश्वर यादव, भोला गोहिवार यादव, जाकिर राइन, सन्तोष कुमार यादव, रानी बत्ती देवी मण्डल सहित ६९ सदस्यीय कार्यसमिति चयन भएका छन्।