मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ। 
बिहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। 
पहिले बलिङ गरेको नेपालले ११.४ ओभरमै मलेसियाले दिएको ९१ रनको लक्ष्य पुरा पर्‍यो। नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको बनाउँदै जितसम्म पुर्‍याए भने शिवान्स बजगाईं २३ रनका अविजित रहे।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो। मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाएका थिए। 
बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए। शुभम् खनालले ३, कप्तान विपिन शर्मा र सचिव भट्टले एकएक विकेट लिएका थिए। अव नेपालले फाइनलमा हङकङ र सिंगापुरसँग खेल्नेछ। फाइनल खेल शनिवार हुनेछ।